कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

पोखराको घारीपाटनमा आगलागी [भिडियो सहित]

हरि बास्ताेला हरि बास्ताेला
चैत्र ३०, २०७६

पोखरा, ३० चैत । पोखरा महानगरपालिका वडा नंं १७ घारीपाटन हिमचुलीमार्गस्थित विमला घलेको घरमा आज आगलागी भएको छ ।

दिउसो एक बजेको समयमा घरको दोश्रो तल्लाको भण्डार कक्षमा अकस्मात आगोलागेपछि भण्डार कक्षका सामाग्रीका साथै सोही तल्लाका अन्य कोठामा रहेको विस्तारा सहितका सामाग्री डढेका छन् । बच्चाले लाइटर प्रयाेग गरेकाेले आगो लागेकाे हुन सक्ने अनुमान गरिएकाे छ।

आगलागीको थाहा हुने वित्तिकै स्थानीय वासि समेतले हारगुहार गरेपछि आएको पोखरा महानगरपालिकाको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासिन्दा समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो समयमै नियन्त्रण भएको कारण अन्य क्षति नभएपनि लगभग एक लाख रुपैया बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।