विश्व फुटबल महासंघ (फिफा) को नयाँ बरियतामा नेपाल उही १७० औंं स्थानमै कायम

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
Nepali National Football Team

पोखरा । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ ।

हालौत्र फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । फिफा वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानमा रहेको हो । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात पारेको छ ।

दक्षिण एशियाली देशमा नेपाल भन्दा माथि भारत र माल्दिभ्स रहेका छन । भारत १०८ औं स्थानमा छ । त्यसपछि, माल्दिभ्स १५५ औं स्थानमा कायम छ ।

नेपालभन्दा तल बंगलादेश भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् । बंगलादेश १८७ औं स्थानमा छ । भुटान १८९ औं स्थानमा छ । पाकिस्तान २०० औं स्थानमा छ । त्यस्तै, श्रीलंका २०६ स्थानमा छ । एशियाली बरियतामा जापान शिर्ष स्थानमा रहेको छ ।

विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा कायम छ । फिफाको नयाँ वरीयतामा २१० देशमा एक देशको मात्र वरीयतामा फरकपन आएको छ । जसमा दक्षिण सुडानको मात्र वरीयता परिवर्तन भएको हो ।

नेपालसँगै २०९ देशहरु फिफाको नयाँ वरीयतामा यथावत छन् । ति देशहरुको वरीयता अघिल्लो महिनाकै वरीयतामा यथावत रहेको हो । विश्व फुटबलमा यति धेरै देशको वरीयता यथावत रहेको संभवतः यो पहिलो पटक हो ।

Related News

सम्बन्धित समाचार

    • प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबकोे अग्रता

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३, २०७८
      पोखरा । पोखरा क्रिकेट क्लबले अल्फ क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्दै २ खेलको शृंखलामा १–० ले अग्रता लिएको छ…
    • कास्की हरियो यु–१९ क्रिकेटको च्याम्पियन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १, २०७८
      पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि कास्की हरियोले जितेको छ । बुधबार भएको…
    • आहा ! फुटबलमा दर्शक

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ चैत्र ३०, २०७७
      पोखरा । संकटाको सपोर्ट गर्दै शनिबार पोखरा रंगशाला पुगेका पोखरा बगरका विनोद क्षेत्री निकै खुसी थिए । पोहोरसालको लकडाउनअघि पोखरा…
    • सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।…
    • आहारारा गोल्ड कप संकटालाई

      Bijay Nepal विजय नेपाल चैत्र २८, २०७७
      पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली…

    hero news full width

    sanil ads

    wordlink ads