अर्को महिनादेखि बन्द रंगशालामै जर्मन फुटबल लिग बुन्डेसलिगा सुचारु गर्ने डीएफएलको योजना

एजेन्सी
चैत्र २७, २०७६
German Bundesliga Football Trophy

अर्को महिनादेखि जर्मन फुटबल लिग बुन्डेसलिगा बन्द रंगशालामा हुने समाचार छ ।

कोरोना भाइरस महामारीका कारण स्थगनमा रहेको फुटबल सिजन अर्को महिनादेखि दर्शकको उपस्थितिविना नै बुन्डेसलिगा बन्द रंगशालामा शुरु गर्ने (डिएफएल) ले योजना बनाएको हो । डीएफएलका कार्यकारी प्रमुख क्रिस्टियन सेफर्टले यस्तो बताएका हुन् ।

फुटबल लिग जर्मनीको संस्कारका लागि एउटा ठूलो हिस्सा भएको सेफर्टको प्रतिक्रिया छ । उनले जर्मनी सरकारले पनि फुटबल लिगलाई सुचारु गर्ने सकारात्मक धारणा राखेको बताउँदै आएका छन् ।

त्रसित जर्मनीको समाजलाई राहत प्रदान गर्न बुन्डेसलिगा फुटबल लिग सुचारु गर्नुपर्ने सेफर्टले प्रतिक्रिया दिएका छन् । महामारीको यस कठिन स्थितिमा फुटबलले समाजलाई ठूलो राहत प्रदान गर्ने सेफर्टको भनाई छ । फुटबल लिग सुचारु गर्न सुरक्षाका सबै उपायहरु अवलम्बन गर्ने उनले दावी गरेका छन् ।

कोरोना भाइरसको महामारी सबैभन्दा बढी युरोपमा फैलिएपछि गत महिनाबाट स्थगित फुटबल कम्तीमा अप्रिल ३० तारिखसम्म शुरु नहुने निर्णय भइसकेको छ । जर्मनीमा पनि बुन्डेसलिगाका शीर्ष दुई डिभिजनका फुटबल स्थगित गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जनामा संक्रमण पुष्टि भइसेकको छ । त्यसमध्ये २ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ । संक्रमणको सबभन्दा बढी प्रभावमा परेको युरोपमध्ये जर्मनी चौथो बढी प्रभावित देश हो ।

Related News

सम्बन्धित समाचार

hero news full width