ट्होटे पर्व यस पटक तमु धिं कार्यसमितिले मात्रै मनाउने

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
tohote 1

फाइल फाेटाे

पोखरा, २१ चैत्र । तमु समुदायको परम्परागत साँस्कृतिक एवं मौलिक पहिचानको पर्व ट्होटें, विश्वकै विषम परिस्थितले बृहत रुपमा नमाउने भएको छ। तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलवार अर्थात २५ गते मनाउन तयारी गरेको ट्होटे पर्व यस पटक तमु धिं नेपालको कार्यसमितिले मात्रै मनाउने भएको हो।

परापुर्व कालदेखि आफ्नो गाँउ बस्ती/राज्यबाट विकृति, विसंगति, रोगव्याधी, शत्रु लखेटेर राज्य सुरक्षित र सभ्य राख्ने पर्वलाई कोरोना भाईरसको महामारी एवम लकडाउनको विषम परिस्थितीमा तमु धिं नेपालको कार्यसमिति र ट्होटें समितिले यस पटक महामारी लखेट्न ट्होटें मनाउने जनाएको छ।

प्रतिकात्मक रुपमा तमु धिंमा ट्होटें खेल्दै सेती नदिमा ट्होटेका साथै कोरोना सेलाउने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले जानकारी दिनुभयो।

विगतमा तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलवार र साउनको अन्तिम मंगलवार बृहत रुपमा धुमधामका साथ ट्होटें मनाउने गर्दथ्यो।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width