मुस्ताङ, २० चैत । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् ।
लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका गाडीलाई लोमान्थाङबाटै फर्काएका लोमानथाङ गाउँपालिका–५ का वडाध्यक्ष नवाङ कुङ्गा विष्टले जानकारी दिए ।
सरकारकै कर्मचारीले नियम उल्लङ्घन गरेकाले गाडी बजार क्षेत्र प्रवेश गर्न नदिइएको स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिए । लकडाउन अवधिमा मुस्ताङ सार्वजनिक, निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अतिआवश्यक सेवाबाहेक कुनै पनि प्रयोजनमा सवारी साधन चलाउन छुट नभएको बताए । उनले सो सरकारी गाडीमाथि आउँदै गरेको जानकारी भए पनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गरे ।
सडक निरीक्षणमा आयोजना प्रमुख अशोक तिवारी, इञ्जीनियर अस्विनी यादवलगायत अन्य गैरव्यक्ति पनि भएको स्थानीयवासीले बताएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीबाट जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमबाट कोरलाको ११० किलोमिटर सडकमा सात वटा प्याकेज छन् ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१