जङ्गली हात्ती मृत फेला

रासस
चैत्र १९, २०७६
03 Cause.img_assist_custom-780×520

राजापुर १९ चैत्र । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिए । सीमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियासँग जोडिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width