मार्तडी १७,चैत । आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन् ।
बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका सहीत अछाम जिल्लामा असिनाले बालीमा क्षति पु¥याएकोे बुढीगंगा नगरपालिका १का धर्मबहादुर भण्डारीले जानकारी दिए । हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई नष्ट पारेको स्थानीय शंकर उखेडाले जानकारी दिए । ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्दछ । बीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको बुढीगंगा नरपालिका–३ गडतोलाका नरबहादुर रौलेले बताए ।
जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहुँबाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगा सहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन् । बेसी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । यस अघि आएको असिनाले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका नोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१