तारानाथ आचार्य, रासस
बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमित नेपालमा पनि देखिएपछि सरकारले गरेको लकडाउनकाे चाैथाे दिन बागलुङ नगरपालिकाले संक्रमण राेक्न डिसइन्फेक्सन छर्न शुरू गरेको छ ।
बागलुङ नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले आज (शुक्रबार) देखि बागलुङ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न सुरु गरेको हाे ।
आज लकाडाउनको चौथो दिनबाट नगरपालिकाले यो अभियान थालनी गरेको हो । नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले संक्रमण हुन नदिनका लागि डिसइन्फेक्सन छर्न थालेकाे बताए । प्र आजदेखि बजार क्षेत्रमा छर्न सुरु गरेका विस्तारै ग्रामीण भेगमा समेत छर्न सुरु गर्ने बागलुङ नगरपालिकाका बरिस्ठ योजना तथा प्रशासकीय अधिकृत युक्त सुवेदीले बताए । भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरिन्छ ।
बागलुङ नगरपालिकाका कर्मचारीले बागलुङ नगरपालिकाकाे वडा नम्बर २ वरिपरिका घरका सटर बिजुलीको पाेल लगायतका ठाउँमा डिसइन्फेक्सन छरेका थिए ।काेराेना भाइरसकाे संक्रमण बाट जाेगिन बागलुङ नगरवासीलाइ घरमै सुरक्षित बस्न अनुरोध गरेको छ । अहिले यश अभियानमा बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्का बरिस्ठ योजना तथा प्रशासकीय अधिकृत युक्त सुवेदी नगरपालिकाका स्वास्थ प्रमुख रामप्रसाद खनाल लगायतका ब्यक्तिहरू सहभागी छन् ।
Related News
सम्बन्धित समाचार
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
कास्कीका विद्यालय बन्द नहुने
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८