लागुऔषध सहित एक जना पक्राउ

रामकुमार श्रेष्ठ
चैत्र १३, २०७६
IMG_0374

पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुर स्थित भित्री सडक खण्डमा प्रहरी चौकी गोवरहियाको टोलीले लागु औषध सहित बर्दघाट नगरपालिका १३ भटौलिया बस्ने ५९ बर्षका सुरेन्द्र चमारलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट स्पास्मो ५७६ ट्याब्लेट, नाइट्रोभेट टेन ६ सय ट्याब्लेट र ओनरेक्सन १ सय एमएलको ७० बोटल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width