कोरोना भाइरसको जोखिमबाट बच्न क्वारेन्टाइन

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
FB_IMG_1585035023818

बागलुङ, ११ चैत । बागलुङ जिल्लामा कोरना भाइरसबाट बच्नको लागि पूर्व तयारीका कामहरू तीव्रताकासाथ भइरहेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा रहेको रामरेखा आधारभुत बिद्यालयको छात्रावासमा २० बेड बराबरको क्वारेन्टाइन बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताए ।

क्वारेन्टाईन निर्माणका लागि मेडिकल टिम, नेपाल आर्मी, नेपाल प्रहरीलगायतको टोली खटिरहेको छ । बागलुङ उद्योग वाणिज्य संघले क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले बताए ।तत्काललाई चाहिने सामाग्री मध्ये केही सामाग्रीहरू सृष्टि फर्निचरका प्रोपाइटर ऋषिराम गौतम सरिता गौतम, मनोविज्ञान स्टोर्सका प्रोपाईटर मनोविज्ञान श्रेष्ठले विपतमा एकताको सन्देश दिन सहयोग गरेको महासचिव कडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width