लायन्स क्लबको आश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६
20200321_085611

पोखरा, ८ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार साईबाल आश्रम रानीपौवाका विधार्थीलाई लत्ता कपडा, जुत्ता, माक्स र सेनिटाईटर वितरण गरेको छ ।
क्लबले लमजुङ बेंसीशहरका दुवै मृगौला पीडित सुरज गुरुङलाई २५ हजार पाँच सय १ रुपैयाँ उपचार खर्च समेत सहयोग हस्तान्तरण गरेको छ ।

प्रमुख अतिथि क्याविनेट सेक्रेटरी विनोद ढुंगानाले सहयोग प्रदान गदैं आपतकालिन अवस्था र गरीब विपन्नलाई लायन्स क्लब सधै एकसाथ जुटने अपेक्षा ब्यक्त गरे । त्यसैगरी साईबाल आश्रमकी उपाध्यक्ष अनुपमा श्रेष्ठले क्लबको सहयोग प्रति धन्यवाद प्रकट गर्दै समाजिक सेवामा लायन्स कलबले अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।

क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सयोजक दयाशंकर गौतम,उपाध्यक्ष मोहनराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सयोजक किशोर कुमार रन्जितले धन्यवाद, सहसचिव दामोदर आचार्यले स्वागत र संचालन सचिव रूकबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width