वीरेन स्मृति स्थगित

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७६

हेमजा।बुद्घटोल युवा क्लब पोखरा–१, बगरको आयोजनामा हुने भनिएको चौथो वीरेन स्मृति, १४ औं बिटी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक क्लबले जनाएको छ । प्रतियोगिता चैत १९ देखि पुरानो टुँडिखेलमा हुने तयारी थियो ।क्लबले भूपू सल्लाहकार वीरेन गुरुङको स्मतिमा वार्षिक प्रतियोगिता गर्दै आएकोमा अर्को सूचनापछि खेल खेलाइने क्लब उपाध्यक्ष असिम थापाले बताए।