आमाको स्मरणमा रकम सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
help

पोखरा । नेपाल सरकारका पूर्व उपसचिव अधिवक्ता खिमबहादुर थापाले आफ्नी ममतामयी माताको स्मरणमा हेमजाको विष्णुपादुका माईस्थानलाई रकम सहयोग गरेका छन् । उनले स्व. ममतामयी माता द्रोपती थापा, देउरुपा थापा र देवकुमारी थापाको स्मृतिमा स्थापना गरेको १ लाख ५ हजार रुपैयाँको अक्षयकोषबाट प्राप्त व्याजमध्ये १२ हजार रुपैयाँ विष्णुपादुका माईस्थानलाई सहयोग गरेका हुन् ।

सो बराबरको चेक उनले माईस्थान व्यवस्थापन समिति अध्यक्ष चूडामणि तिम्सिनालाई हस्तान्तरण गरे । माईस्थानको पूजा गरे हेमजामा असिना नपर्ने र बालीनाली नष्ट नहुने विश्वास छ । अधिवक्ता थापाले यसअघि हेमजाकै बाबियातारामा शव दाहगृह निर्माणमा १ लाख ६० हजार रुपैयाँ खर्चेका थिए । त्यस्तै विष्णुपादुका माविमा १ लाख ५० हजार बराबरको अक्षयकोष स्थापना गरेको जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width