दी वीज्डम बोर्डिङको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
maxresdefault

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले प्राविधिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएकी छन् । उनले पोखरालाई शिक्षाको हब बनाउने योजनासहित प्राविधिक विद्यालय संचालन गर्न लागेको जानकारी समेत दिइन् ।

दी वीज्डम बोर्डिङ स्कूल, जरेवर, पोखराको  २२ अाैं अभिभावक दिवस तथा पुरस्कार वितरणमा बोल्दै उनले सो कुरा बताएकी हुन् । उनले प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइन् ।
उनले विद्यार्थीलाई कस्तो बनाउने भन्ने जिम्मेवारी विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् । ‘विद्यार्थी काँचो माटो भएकाले उनीहरुलाई कस्तो आकार दिने भन्ने भूमिका विद्यालय र अभिभावको प्रमुख जिम्मेवारी हो ।’ उनले विद्यालयमा बालमैत्री वातावरण हुनुपर्ने बताउदै विद्यार्थीको चाहना अनुसार शिक्षण गर्नुपर्ने बताइन् ।

नेशनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै दि विज्डम स्कूलले शिक्षा क्षेत्रमा गरेको योगदान प्रशासनीय रहेको बताए ।
विद्यालय सञ्चालक समिति अध्यक्ष रत्ना गुरुङले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् ।विद्यालय प्राचार्य कृष्णबहादुर गुरुङले वार्षिक प्रतिवेदन र सहायक प्राचार्य केशवबहादुर थापाले विद्यालयको गतिविधिबारे बोलेका थिए । कार्यक्रममा २०६८ सालदेखि अध्यापन गराउँदै आएका शिक्षक राजेश अधिकारी, नृत्य शिक्षिका वीनिता तिलिजा पुनलाई सम्मान गरियो ।विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको सो समारोहमा विद्यार्थीले नृत्य र नाटक प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width