सबलाइमको २४ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
10898_636205376475801_3200497032783886011_n

पोखरा । पोखरा रत्नचोकस्थित सबलाइम अङ्ग्रेजी माविको २४ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा उपसभामुख सिर्जना शर्माले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरिन् ।

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल त्रिभुवन पराजुलीले विद्यालयको शैक्षिक गतिविधिबारे प्रकाश पारेका थिए । त्यस अवसरमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालयका निर्देशक विष्णुनारायण श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराललगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिक पुरस्कार, अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताह २०७६ को पुरस्कार, मेडल तथा ट्रफी वितरण गरिएको थियो । कार्यक्रम विद्यालयका संयोजक पुष्पराज पराजुलीले संयोजन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width