जनपक्षीय पत्रकारिता गर्नुहोस्ः संयोजक दाहाल

आदर्श समाज सम्वाददाता
माघ २७, २०७६
press sangthan progrem photo (1)

हेमजा।प्रेस संगठन नेपाल कास्की शाखाको शपथ ग्रहण कार्यक्रम आइतवार पोखरामा सम्पन्न भएको छ ।

संगठनका प्रदेश इन्चार्ज गणेश पाण्डेले जिल्ला पदाधिकारी सहित सदस्यलाई शपथ खुवाएका हुन् कार्यक्रममा भनाई राख्दै संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले जनपक्षीय पत्रकारितामा जोड दिर्दै आजकल कतिपय पत्रकारले साहुकारिता गदै आएको औँल्याए।उनले साहुकारिता छाडी सर्वाहार वर्गको पक्षमा पत्रकारिता गर्न आग्रह गरे।संयोजक दाहालले खाएको शपथलाई कर्ममा ढाल्न अनुरोध पनि गरे ।पत्रकार अझ बढी जिम्मेवार बन्नुपर्ने तर्क गरेका संयोजक दाहालले संगठनलाई हाइट्रोजन र अक्सीजनको मिलन भई बनेको पानीका रुपमा बुझ्न सुझाए।

गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले पत्रकारिताको आम मूल्य मान्यतालाई बचाउँदै कलम चलाउन उपस्थित पत्रकार समक्ष आग्रह गरे ।उनले बुर्जुवा पत्रकारिताको विरोध गर्दै काँधमा आएको जिम्मेवारीलाई स्वः स्फुर्त बहन गर्न संगठनका जिल्ला सदस्यलाई सुझाव दिए ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की इन्चार्ज राजकाजी गुरुङले नेपाली जनताले बामपन्थीको पक्षमा दिएको मतको सम्मानमा निरन्तर खवरदारी गर्नु पत्रकारिताको धर्म भएको बताए ।अहिलेको सरकार बिरुद्घ योजनाबद्घ हिसावले विपक्षीले दुष्प्रचार गर्ने प्रयास गरिरहेको संकेत गर्दै इन्चार्ज गुरुङले त्यसबाट जनता बेलैमा संचेत बन्नुपर्ने जनाए।

कार्यक्रममा पुर्व अनुशासन आयोगका अध्यक्ष कोमलनाथ बराल, संगठनका गण्डकी इन्चार्ज गणेश पाण्डे, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, संगठनका प्रदेश संयोजक रामकृष्ण शर्मा, सह–संयोजक त्रिभुवन पौडेल, संगठनकी केन्द्रीय सदस्य जमुना वर्षा शर्मा लगायतले शुभकामना राखेका थिए ।वक्ताहरुले पत्रकारले समतामूलक समाज निर्माण गर्न भूमिका खेल्नुपर्ने, खोजमूलक पत्रकारिता गर्नुपर्ने, व्यवसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेशमा नवलपुर पछि जिल्ला सपथ गराउनेमा कास्की दोस्रो भएको छ ।कास्कीमा ४१ सदस्यीय कमिटी गठन गरिएको छ ।कार्यक्रममा पार्टी तथा संगठनका केन्द्रीय, प्रदेश तथा स्थानिय पदाधिकारी, गण्डकी प्रदेश सांसद, कास्कीका स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।जिल्ला संयोजक माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सहसंयोजक संदेश श्रेष्ठले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width