मिस कल्चरका प्रतियोगीले देखाए प्रतिभा

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Miss Culture News Photo

पोखरा १३ माघ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको छैंठौं नेपाल आइस मिस कल्चर नेपालका उत्कृष्ट १५ प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

गत शनिबार नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भएको उक्त कार्यक्रममा प्रतियोगीहरूले नृत्य, गायन, हास्य, हस्तकला, चित्रकला, अभिनय, जस्ता प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै पुष्पाञ्जलीले लिएको नारालाई सार्थक बनाउनका निम्ति पनि यस्ता कार्यक्रमहरू जरुरी रहेको र हामीले हाम्रो मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्नमात्र सकेपनि पर्यर्टन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।

पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्थापित गइरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाइनै संस्कृति र रितिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय सौदर्यकर्मी यूनियन नेपालकी अध्यक्ष सुमन गुरुङ, वरिष्ठ समाजसेवी विश्वमोहन गौचन, शिक्षासेवी पृती बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको निर्णायकहरूमा कोरियो ग्राफर तथा फिल्मि डिरेक्टर जशु गुरुङ, नृत्य निर्देशक दीपा शाक्य श्रेष्ठ, कोरियो ग्राफर विष्णु तामाङ्ग, सौदर्यकर्मी विष्णु खत्री र व्यवसायी विमला सिंह ठकुरी रहेका थिए भने कार्यक्रमको फाइनल फागुन ३ गते भाटभटेनी पेपे पिजामा हुने कार्यक्रमका संयोजक दिनेश शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width