पोखरा, १२ माघ । धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेकी भोजपुरकी कवि करुणा राईको एकल कविता वाचन सम्पन्न भएको छ । ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा करूणाले आफ्ना १० थान चर्चित कविता पस्किेकी थिइन् ।
‘जुत्ता’ शीर्षक कविताबाट वाचन आरम्भ गरेकी उनले ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँसु’, ‘घाइते सम्झना’ सुनाइएर दर्र्शक तथा श्रोतालाई भावुक, नोस्टालजिक र गम्भीर बनाइन् । उनलाई कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको कविता वाचन गरी सघाएका थिए ।
स्थापित कवि, गीतकार, कलाकार र सञ्चारकर्मी लगायत काव्यअनुरागीहरूको उल्लेख्य उपस्थितिबिच सम्पन्न कार्यक्रमको अन्तिममा सुदीप पाख्रिनको परिकल्पना तथा विरेन सुब्बाद्वारा निर्देशित करुणाको ‘बरन्डामा तिमी’ शीर्षक कवितामाथि निर्मित काव्य भिडियो प्रदर्शन गरिएको थियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेबे र जीना तामाङले अभिनय गरेका छन् । उक्त काव्य भिडियो कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो ।
कार्यक्रममा कविहरू भूपाल राई, डा. विप्लव ढकाल, प्राज्ञ शशि लुमुम्बू र टीका चाम्लिङले करुणा राईको कवितामाथि समीक्षात्मक मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए । विप्लव ढकालले करुणाका कविता दुई चार ओटा कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको दाबी गरे । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेको थियो ।
सानैदेखि गायन, नृत्य, अभिनय र साहित्य लेखनमा लागेकी करुणाका केही फुटकर कविता प्रकाशित छन् । उनको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१