बलभद्र राईलाई सूर्य नेपाल इस्टर्न ओपनको उपाधि

आदर्श समाज सम्वाददाता
माघ १०, २०७६
BalBhadra Rai, Surya Nepal Gulf

पोखरा । धरानका व्यवसायिक गल्फर बलभद्र राई ‘मणि’ले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् ।

इस्टर्न ओपन ९ अण्डरको रेकर्ड बनाउँदै राईले उपाधि जितेका हुन् । बलभद्रले आफ्नो करिअरमै दोस्रो पटक इस्टर्न ओपनको उपाधि हात पार्न सफल व्यवसायिक गल्फर समेत बनेका छन् ।

उपाधिसँगै राईले १ लाख २५ हजार र ट्रफी पुरस्कार पाए । उनले २००८/००९ को टुरमा वेस्टर्न ओपन उपाधि समेत जितेका थिए । उनले शिवराम श्रेष्ठको ७ अण्डरको रेकर्ड तोड्दै नयाँ रेकर्ड समेत बनाउन सफल भएका छन् ।

बलभद्रले ६ अन्डर खेल्दै ६३ स्कोर बनाएका शिवराम श्रेष्ठले दोस्रो हुँदै नगद ७५ हजार हात पारे । धरानस्थित निर्भाना कन्ट्री क्लबको कोर्षमा तेस्रो तथा अन्तिम दिन ३ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर २ सय १ को स्कोर बनाए ।

उनले पहिलो दिन १ अन्डर ६९ र दोस्रो दिन ५ अन्डर ६५ स्कोर जोडका थिए । अन्तिम दिन बिहीबार १ ओभर ७१ स्कोर जोडेका निरज तामाङले समग्रमा ४ अन्डर २ सय ६ स्कोरसहित एमेच्योरतर्फको उपाधि उचाले ।

एमेच्योरतर्फ शुक्रराज राईले १३ ओभर २ सय २३ स्कोर जोड्दै दोस्रो स्थान हासिल गरे । तेस्रो स्थानमा १५ ओभर २ सय २५ स्कोर जोडेका सुन्दर राई रहे । समग्रमा व्यवसायिक गल्फर शुक्रबहादुर राई तेस्रो स्थान ओगट्दै ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै, धनबहादुर थापाले ४ ओभर २ सय १४ स्कोरकासाथ चौथो स्थानमा रहँदै ४५ हजार प्राप्त गरे । समान ६ ओभर २ सय १६ स्कोरसहित शिवकुमार माझी र सूर्यप्रसाद शर्माले संयुक्त पाँचौ स्थानमा रहँदै समान ३५ हजार ५ सय रुपैयाँ पाए ।

दिनेश प्रजापतिले ७ ओभर २ सय १७ स्कोर बनाएर सातौं हुदै ३१ हजार पाए । समान ८ ओभर २ सय १८ स्कोर बनाएका जयराम श्रेष्ठ र रवि खड्का संयुक्त आठौं हुदै नगद २८ हजार पाए । दशौं स्थानका संजय लामा र दीपक मगरले १० ओभर २ सय २० स्कोर बनाउदै समान २३ हजार २ सय ५० रुपैयाँ पाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै