पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल। त्यसका संचालक हुन्।
जीतबहादुर। गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे। बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले। हँसिया, खुर्पा, दाउ, फाली, बञ्चरो, ताप्के, कराई सबै बनाए। काम त जिविकाकै लागि थियो। पहाडिया डिजाइनमा बनेका घरायसी सामानहरु मान्छेले मन पराए। ‘८ वर्षकै उमेरदेखि काम गर्न थालेको हुँ’, उनले भने, ‘गौँथलीले गुँड लगाएजस्तै गरि अलिअलि गरेर अहिलेको अवस्थामा आएको हुँ। ’ उनी अहिले पनि भाँडा बनाउँछन्। अहिले उनलाई भाईले पनि साथ दिएका छन्। ४ जनालाई रोजगारी दिने उनको गोर्खाली कृषि औजारले उद्योगकै रुप लिएको छ। कामले माम दिएको छ। उनी आफ्नो काममा सन्तुष्ट मात्रै छैनन् गुणस्तरीय फलामका भाँडा उत्पादकको रुपमा समेत चिनिएका छन्। व्यापार मेलामा रहेको उनको स्टलमा राखिएका सामानहरु उपभोक्ताले मन पराएका छन्। जीतबहादुरका उत्पादनहरुको फिनिसिङ पनि राम्रो छ। यो त उदाहरण मात्रै हो, जारी मेलामा देशैभरका साना उद्यमीहरुको उत्पादन प्रदर्शनी तथा बिक्री बितरण भइरहेको छ। मुस्ताङको सिमीदेखि टिम्बुर, मधेशका उत्पादन तथा जडिबुटीका विभिन्न उत्पादनहरु पनि मेलामा राखिएको छ।
‘समग्रमा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा घरायसी प्रयोजनमा चाहिने सबैजसो सामानहरु रहेका छन्’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने, ‘मेला मध्यतिर आइपुग्दा सहभागिता पनि बढ्दै गएको छ। ’
पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन : उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ। समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने हिमशिखर कृष्ती सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ। मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक, एनएमबि बैंक, गोल्छा अर्गनाइजेसन, एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमश्री फुड्सको रारा चाउचाउ, बरुण बेभरेज, विजय डिष्टिलरी, हाइलाइफ फुड प्रोडक्ट, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन्। मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ।
मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि, स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ। संघका महासचिव अर्जुन पोखरेलका अनुसार मंगलबारसम्म करिब ४० हजार जनाले मेलाको अवलोकन गरेका छन्। मेलामा आयोजना भएको सांस्कृतिक कार्यक्रममा रौनक थपिँदै गर्दा तथा मेला मध्यतिर आइपुगेपछि सहभागिता बढ्दो क्रममा रहेको उनले दावी गरे। मंगलबार लोकदोहोहीतर्फ राधिका हमाल, सविना गुरुङ, सरस्वती लामिछाने, रिता कार्की कुँवर, शंकर विरही गुरुङ, शिवहरि ढुंगाना, केशव देवकोटा, परशुराम अधिकारी पपतर्फ सुमित ग
गु्रप, देउराली ब्याण्ड हाँस्यतर्फ पोखरेली धुर्मुस र माग्ने बूढाको प्रहसनले पनि अवलोकनकर्तालाई मनोरञ्जन गराएको साँस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए। उनका अनुसार बुधबार बालगायिका कमला घिमिरेको विशेष प्रस्तुति रहनेछ। यसैगरि आधुनिक/पपतर्फ विक्रम बराल, प्राप्ति तुलाचन, राज सिग्देल, लोकदोहोरीतर्फ कमला घिमिरे (बालगायिका), सरिता सारु मगर, सरस्वती परियार, पूर्ण परियार, रामजी पौडेल, अम्बर धिताल, टेक क्षेत्री तथा हाँस्यतर्फ पुर्खे बा (पुरुषोत्तम भण्डारी) को प्रस्तुति रहने छ। यता, मङ्गलबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान टिकट नम्बर ५२०० लाई र टिकट नम्बर ५११६ सोलार प्यानल उपहार प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१