पोखरा इञ्जिनियरिङमा स्पोर्टस् मिट

आदर्श समाज सम्वाददाता
पौष २१, २०७६
minister news _Fotor

पोखरा इञ्जिनियरिङ कलेज फिर्केले विगत वर्षमा झै यस वर्ष पनि वार्षिक स्पोर्टस् मिट सम्पन्न गरेको छ। कलेजले ९ खेलमा विद्यार्थीको अन्तर सेमेस्टर प्रतिस्पर्धा गराउदै आएको छ। पोखरा इञ्जिनियरिङ कलेजमा डिप्लोमा, व्याचलर र मास्टर गरी करिव एक हजार विद्यार्थीले अध्ययन गर्दै रहेका छन्।

स्पोर्ट मिटका विजेता खेलाडीलाई नगद पुरस्कार, ट्रफी मेडल र रनिङ सिल्ड प्रदान गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वस्थ्य नागरिक उत्पादनका लागि राज्यले खेलकूद क्षेत्रमा लगानी गर्दै जाने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। खेलकूदको महत्व वुझेरै मुस्ताङमा हाइ अल्टिच्यूड रंगशाला निर्माण गर्न लागिएको मन्त्री पुनले वताइन्।

पोखरा इञ्जिनियरिङ कलेजले फुटवल, फुटसल, वास्केटवल, व्याडमिण्टनसहित विभिन्न ९ वटा खेलकूदमा छात्रछात्राबीच प्रतिस्पर्धा गरिएको थियो। स्पोर्ट मिटको समापनको कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनका निजी सचिव चन्द्रमणि सापकोटा, प्रिन्सिपल ई. लेखबहादुर गुरुङ कलेजका वरिष्ठ प्रशासक चिजकाजी गुरुङ लगायतका व्यक्तित्वबाट विजयी टिमलाई पुरस्कार ट्रफी मेडल र सिल्ड प्रदान गरिएको थियो। स्वतन्त्र विद्यार्थी परिषद्का सभापति किशोर चन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सलिना गौतम र सञ्चालन परिषद्का सह सचिव सागर रानाभाटले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै