डुङ्गा दौडमा फिस्टेलघाट विजयी : पोखरा सडक महोत्सव

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
Dunga Daudh, Street Festival_Fotor

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा २१ औ पोखरा सडक महोत्सव जारी छ। पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको डुङ्गा दौड प्रतियोगितामा फिस्टेलघाट विजेता बनेको छ। फिस्टेलघाटबाट सहभागी दीपेन्द्र परियार, आशिष परियार र अमिस परियारले पहिलो हुँदै नगद २० हजार र प्रमाणपत्र हात पारे।

बाराहीघाट ‘ई’बाट सहभागी दीपेश परियार, पूर्ण मगर र जीवन मगरको समूह उपविजेता बनेको छ। उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे। बाराही घाट ‘डी’ बाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुदै ५ हजार नगद जित्न सफल भए। त्यसैगरि, गौरीघाट समूहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्त्वना पुरस्कार नगद २ हजार जित्न सफल भएका छन्।

प्रतियोगितामा ११ टिमको सहभागिता थियो। प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पूर्व अध्यक्ष चौबहादुर गुरुङ, महोत्सवका सह–संयोजक बसन्त गौतमलगायतले पुरस्कार वितरण गरेका थिए।

लोकदोहोरी र हाँस्य प्रहसन

सडक महोत्सव अन्तर्गत आइतबार लोकदोहोरीतर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षत्री, बद्री पंगेनी, जीवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुति दिएका थिए। त्यसैगरि, हाँस्य कलाकार सापटे र भटभटेले मनोरञ्जन प्रदान गरेका छन्।

लाइभ कन्सर्टतर्फ ‘अभय एण्ड द स्िटम इन्जिन’को प्रस्तुतिमा रमाएका छन्। सोमबार लोकदोहोरीतर्फ प्रिति आले, निशा पोख्रेल, सिता परियार, कमला गैर्हे, बसन्त थापा, शंकरबिरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुति रहनेछ।

त्यसैगरि, हाँस्य कलाकारतर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुति रहने बरालले बताए। साँझ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुति रहने छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै