कास्कीबाट १६ जनाले फिर्ता लिए उम्मेद्वारी

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७९
election comission

पोखरा । कास्कीका १६ उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर १ बाट महेन्द्र खत्री, घननाथ सापकोटा र आनन्द सापकोटाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । घननाथ एकीकृत समाजवादीका मादी अध्यक्ष हुन् । उनले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका थिए । यस्तै, कास्की १ (क) मा उम्मेद्वारी दिएका भरत तिवारी पनि पछि हटेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । १ (ख) बाट दिलमाया मुक्तानको नाम फिर्ता भएको छ निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट अजय विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् । २ (क) बाट दीपक विश्वकर्मा, इश्वर कुमार गुरुङ र सुन्दर बरालले नाम फिर्ता लिए । क्षेत्र नम्बर ३ बाट राजाराम दाहाल, यमकृष्ण पौडेल र जगन्नाथ बास्तोलाको नाम फिर्ता भएको छ । ३ (क) बाट लिलाधर ढकाल, जगतबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङ तथा ३ (ख) बाट चीना दवाडीले नाम फिर्ता लिएका छन् । विशेष चासोका साथ हेरिएको कांग्रेस नेता तथा पूर्व मन्त्री महादेव गुरुङले आफ्नो उम्मेद्वारी कायम राखेका छन् ।

उनले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका हुन् । कास्की क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीले टिकट पाएको छ । श्रीनाथ बराल गठबन्धनको आधिकारिक उम्मेद्वार हुन् । तर गुरुङले बरालको विरुद्ध बागी उम्मेद्वारी दिए । उनले पुतली चुनाव चिन्ह पाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width