चलचित्र विकास बोर्डका अध्यक्षको निधन

रासस
मंसिर ३०, २०७६
bi

काठमाडौँ, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । उनी ५२ वर्षका थिए ।

वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए ।

उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा छन् । उनको सोमवार नै अन्त्येष्टि गरिने वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width