गौरीशंकर उच्च माविमा खानेपानी टंकी उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७६
7 copy

पोखरा, १८ मंसिर । लायन्स क्लब पोखरा पिस चौतारी र लायन्स क्लब पोखरा अन्नपूर्णको सयुक्त आयोजनामा लन्सिङ कलेज यूककोे सहयोगमा २ लाख रुपैयाँको लागतमा १० हजार लिटरको खानेपानी टंकी निर्माण गरेको छ ।

पोखरा २५ हेमजा स्थित गौरीशंकर उच्च माविमा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ वि १ का डिष्ट्रिक सेकेण्ड भाइस गर्भनर बिश्वेश्वर आचार्यले बुधवार एक समारोह उदघाटन गरे । लायन्स क्लबले बिशेष स्वास्थ शिक्षा र बातावरणमा काम गरेको र नेपालमा अझ ८० प्रतिशत ग्रामिण जनतामा पानीबाट रोग लाग्ने हुँदा बिद्यार्थीलाई शुद्ध पानीका लागि लायन्स क्लबले गरेको उदाहणीय कामको प्रशंसा गरे ।

सोही अवसरमा डिष्ट्रिङ क्याबिनेट सेक्रेटरी बिनोद ढुंगानाले जहाँ आवश्यकता त्यहा लायन्स क्लबको मानवीय सेवा गर्ने बताए । बिदेशी सहयोग र लायन्स क्लबको सक्रियतामा खानेपानी टंकी निर्माण भएकोमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणि तिमिल्सिनाले धन्यबाद दिए ।

लायन्स क्लब अन्नपूर्ण पूर्व अध्यक्ष सोनाम साङ्पोले २६ वटा बिद्यालयमा खानेपानी टंकी सम्पन्न भएको अझै ४ वटा निर्माणधीन रहेको जानाकारी दिए । उक्त कार्यक्रमको स्वागत भाषण रिजन चियरपर्सन मेधनाथ काफ्ले पिस चौतारीका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो भने सचिव रामकुमार लामिछानेले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width