साग महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक चुम्नबाट नेपाल चुक्यो

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७६
Nepali Womens Volleyball Team (1)

पोखरा । साग महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक चुम्नबाट नेपाल चुकेको छ ।

एक सेटले अगाडि परिसकेको नेपालले लय गुमाउँदा १३ औं सागको भलिबलतर्फ ऐतिहासिक स्वर्ण जित्नबाट नेपाल चुकेको छ । उपराष्ट्रपति नन्दकुमार पुन ‘पासाङ’सहित विशिष्ट व्यक्तिहरु मंगलबार दशरथ रंगशालाको कभर्डहलमा पुगेर खेल हेरिरहँदा नेपाल जितको नजिक पुगेरपनि भारतलाई खेल सुम्प्यो ।

नेपालले अन्तिमतिर लय गुमाउँदा भारतले स्वर्ण पदक हात पा¥यो । नेपाल रजत पदकमा सीमित बन्यो । चौंथो र पाँचौ सेट गुमाउँदा नेपाल स्वर्ण पदक चुम्न असफल रह्यो । पाचौं सेटमा भारतले १५–६ ले जित निकाल्यो ।

पहिलो सेट १७–२५ ले गुमाएको नेपालले भारतमाथि दोस्रो सेट २५–२३ र तेस्रो सेट पनि समान २५–२३ ले जित निकालेको थियो । नेपालले चौंथो सेट २५–२० ले गुमायो । भारतविरुद्धको खेलमा नेपालले निकै शानदार प्रदर्शन ग¥यो ।

भलिबलमा शक्तिशाली मानिने भारतलाई नेपाली टोलीले कडा चुनौती दियो । भारत विरुद्ध नेपाली खेलाडी प्रतिभा माली र सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शन रह्यो ।

Related News

सम्बन्धित समाचार

hero news full width