वेगनासका तिवारी सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
jestha nagarik

पोखरा, १७ मंसिर । पोखरा–३१ वेगनास निवासी देविदत्त तिवारी सम्मानित भएका छन् । ९७ वर्षीय तिवारीलाई ज्येष्ठ नागरिक समाज नेपालले सोमवार उनकै घरआँगनमा पुगेर सम्मान गरेको हो ।

समाजका अध्यक्ष भक्तराज श्रेष्ठ लगायत समाजका सदस्यहरुले सामूहिक रुपमा उनलाई सम्मान गरेका थिए । वि.स. २००७ सालको जनक्रान्तिमा सक्रिय सहभागी तिवारी वि.स. २०२२मा वडाध्यक्ष, वि.स. २०२८ मा वेगनास पञ्चायतको उपप्रधानपञ्च भई गाउँमा विद्यालय, खानेपानी, बाटोघाटो निर्माण लगायतका कार्यहरु गरेका थिए ।

वि.स.२०१२ सालमा पुष्पलालबाट प्रशिक्षितभई वि.स. २०१३ सालमा कमलराज रेग्मीबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका तिवारी राजनैतिक आन्दोलनमा लाग्दा ५ पटक गिरफ्तारी र ६ महिना जेलमा बस्नु भएको जेठा छोरा गोकर्ण तिवारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width