पोखरा, १६ मंसिर । लायन्स क्लब अफ पोखरा अन्जुली र लायन्स क्लब पोखरा अन्नपूर्णको सयुक्त आयोजनामा केण्ड्रोन स्टेट मावि अष्टे«लियाको सहयोगमा पोखराको लामाचौर स्थित इन्द्रराज्य लक्ष्मी उच्च माविमा १० हजार लिटरको खानेपानी ट्याङकी शिलन्यास गरिएको छ ।
अष्ट्रेलियाबाट आएका १७ जना बिद्यार्थीले ४ दिन उक्त खानेपानी टंकी निर्माणमा श्रमदान गर्नेछन् । बिद्यार्थीलाई स्वागत गर्दै प्रधानध्यापक केशवप्रसाद अम्गाईले सात समुन्द्र पारका बिद्यार्थीले आफ्नो बिद्यालयमा श्रमदान गरी खानेपानी टंकी निर्माणमा सहयोग गरेकोमा खुशि व्यक्त गरे ।
उक्त अवसरमा लायन्स क्लब अन्जुलीका अध्यक्ष कल्पना आचार्यले लायन्स क्लब अन्नपूर्णसंग हातेमालोगरी काम गर्ने पाएकोमा खुशि ब्यक्त गरे । सो अवसरमा परियोजना निर्देशक तथा लायन्स क्लब अन्नपूर्णका सल्लाहकार सोनाम साङ्पोले लायन्स क्लब पोखरा अन्नपूर्णले बिभिन्न लायन्स क्लबसंग मिलेर बिभिन्न बिद्यालयमा खानेपानी निर्माण कार्य गर्दै आएको बताए ।
पोखरा वरिपरी भएका सरकारी बिद्यालयमा शुद्ध खानेपानी निर्माणको लागी तिरन्तर लागिरहेने लायन्स क्लब अन्नपूर्णको पतिबद्धता रहेको जानाकारी दिए । लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारीले क्लबले समाज सेवामा लागेकै कारण आगामी दिनमा मूल्याङ्कन हुनेमा विश्वास व्यक्त गरे । सो अवसरमा जोन चियर पर्सन अमृता शोभा खत्री लायन्स क्लब अन्जुलीमा निवर्तमान अध्यक्ष सान्त्वता पराजुली पौडेल प्रथम उपाध्यक्ष उमा भण्डारी सचिव बिना पाइजाको उपस्थित रहेको थियो ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
माछापुच्छ्रे माविलाई बस सहयोग
राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१