नोभेल एकेडेमी १८ औं वर्षमा

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
novel academy

नोभेल एकेडेमी पोखरा १८ औं वर्षमा प्रवेश गरेको छ।

एकेडेमीले आफ्नो १८ औ वार्षिकोत्सव मंसिर १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा मनाउने भएको छ।

कार्यक्रम अन्तरर्गत सुरुको दिन नोभेल हल्ट प्राइज वातावरण संरक्षण शीर्षकमा प्रतियोगिता आयोजना गरिने बताइएको छ।

हल्ट प्राइजका लागि सम्पूर्ण जिम्मेवारी वीवीए कार्यक्रम संयोजक हरिप्रसाद पौडेललाई कार्यक्रम संयोजक तोकिएको बताइएको छ।

कलेजको प्राङ्गण भित्र विभिन्न जडीवुटी, औषधिजन्य बिरुवाको वृक्षारोपण, पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रमको प्राङ्गणमा १०१ जना बिरामी तथा त्यहाँ आश्रित व्यक्तिहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधि, दिवा खाना, फार्मा क्विज कक्टेस, हाजिरीजवाफ प्रतियोगिता, कलेज क्षेत्र वरिपरी वातावरणीय सचेतना सरसफाइ तथा कलेजको प्राङ्गणमा खुला रक्तदान कार्यक्रमको अयोजना गर्न लागिएको फार्मेसी कार्यक्रम संयोजक प्रकाश पौडेलले बताए।

अन्तिम दिन कलेजको १८ औं वार्षिक समारोहलाई भव्य र सभ्य रुपमा समापनका लागि तयारी भइरहेको संस्थाका अपरेशन म्यानेजर दिनेश भण्डारीले बताए।

नोभेल एकेडेमीको प्राङ्गणमा संचालन हुने उक्त कार्यक्रममा विद्यार्थीद्वारा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना हुने बताइएको छ।

१८ वर्ष अघि क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभल कार्यक्रम स्थापना गरी सुरुवात गरेको नोभेल एकेडेमीले हाल पोखरा र यस क्षेत्र आसपासका विद्यार्थीका लागि स्नातकतहमा बि.बि.ए, बि एस्सी नर्सिङ, तथा बि फार्मेसी र स्नातकोत्तर तर्फ एम.बि.ए को कक्षा संचालन गर्दै आएको कलेजका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले बताए।

कार्यक्रमलाई भव्य रुपले संचालन गर्ने प्रमुख कार्यकारी अधिकृत आचार्यको संयोजकत्वमा सीता लामिछाने, दिनेश भण्डारी, धर्मशीला थापा, पुरुषोत्तम पहारी, प्रकाश पौडेल, हरिप्रसाद पौडेल, भरत लामिछानेसहितको मूल आयोजक समिति गठन गरिएको बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width