‘हिजो आजका कुरा’को छायांकन

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
cover-image-750×458

नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल ‘हिँजो आजका कुरा’ को छायांकन शुरु गरिएको छ। काठमाडौंको पशुपति मन्दिर परिसरबाट चलचित्रको शुभमुहूर्तसँगै छायांकन पनि सुरु गरेको हो।

केही दिन अघिमात्रै ‘हिँजो आजको कुरा’ को नाममा चलचित्र निर्माण गर्ने घोषणा गरिएको थियो। ‘हिँजो आजको कुरा’ सिरियल निर्माण गरेको टिमले नै यस चलचित्र निर्माण गर्ने भएको हो। एस फिल्मस् प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो।

चलचित्रको छायांकन ३५ दिनमै सकिने निर्माण टिमले जनाएको छ। कलाकार तथा निर्देशक सन्तोष पन्तको छोरा शाकार पन्तले ‘हिँजो आजको कुरा’ निर्देशन गर्ने भएका हुन्।

सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, सविन शाक्य, अनुष्का अधिकारी, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width