बागलुङमा बिश्व मधुमेह दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
lions photo

बागलुङ, २८ कात्तिक । बागलुङ जिल्लामा क्रियाशील ८ वटा लायन्स क्लबको संयुक्त आयोजनामा बागलुङ सदरमुकाममा बिश्व मधुमेह दिवस बिबिध कार्यक्रम साथ मनाइएको छ ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलले अहिले नसर्ने रोगको रूपमा रहेको मधुमेह रोगबारे जनमानसमा जनचेतना जगाउनको लागि धौलागिरि अन्चल अस्पताल बागलुङसंग सहकार्य गरेर मधुमेह दिवस मनाइएको लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका एडभाइजर लायन काजीमान गुरूङले बताए ।

लायन्स क्लब अफ धौलागिरि बागलुङ ,लायन्स क्लब अफ बागलुङ कालिका ,लायन्स क्लब अफ बागलुङ सिटी ,लायन्स क्लब अफ बागलुङ ,लायन्स क्लब अफ पञ्चकोट ,लायन्स क्लब अफ गलकोट,लायन्स क्लब अफ पिस टाउन र ३ वटा लियो क्लबले संयुक्तरूपमा मधुमेह दिवस कार्यक्रम गरेका हुन् । जनचेतनामूलक नारा लेखेको ब्यानर सहित प्रभातफेरी गरी बागलुङ सदरमुकाम परिक्रमा गरिएको थियो ।

धौलागिरि अञ्चल अस्पतालमा मधुमेहका बिरामीको निशुल्क रगत परिक्षण गर्नुका साथै अस्पतालका डाक्टर सरोकारवालाबीच अन्तक्र्रियामा धौलागिरि अन्चल अस्पताल बागलुङका फिजिसियन डाक्टर प्रदीप श्रेष्ठ अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष केबी राना मगर डाक्टर अरूण गौतम, सिनियर एडभाइजर काजीमान गुरूङले अहिले बिश्वमै समस्याको रूपमा रहेको मधुमेह रोगलाई नियन्त्रण गर्न दैनिक रूपमा गरिने खानपिनमा ध्यान दिन जरुरी रहेको धारणा राखेका थिए ।अहिले मधुमेह रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्ने वातावरण बनाउन नदिने काम गर्न जरुरी रहेको धारणा कार्यक्रममा राखेका थिए ।

लायन्स क्लब बागलुङ कालिकाका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ का जोन चेयर पर्सन युक्तप्रसाद सुवेदी गरेका थिए भने लायन नारायण पौडेल कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width