टिपर दुर्घटनामा सहचालकको मृत्यु

rss रासस
कार्तिक २६, २०७६

चितवन, २६ कात्तिक । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

युवा मृत फेला

कावासोतीमा बस पल्टियो सेनाका १७ जना घाइते

धनुषामा बम बिस्फोट ३ को मृत्यु ३ घाइते

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार