व्यवसायीलाई अग्नि नियन्त्रण तालिम

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
petrol_Fotor

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनअन्र्तगत पेट्रोलपम्प संचालक र मजदुरलाई आकस्िमक अग्नि नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा समुदाय प्रहरी साँझेदारी कार्यक्रमअन्र्तगत अमरसिंहचौरमा एशोसिएसनका सदस्य पम्प संचालक र मजदुरलाई शनिबार सो प्रशिक्षण दिइएको हो। संवेदनशील क्षेत्र मानिने पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी र मजदुर गरी ६० जनालाई प्रशिक्षण दिइएको हो।

कार्यक्रममा गौरी बक्स गुल्मका क्याप्टेन कञ्चन थापाले सम्भावित आगलागी नियन्त्रण उपाय विषयमा प्रयोगात्मक अभ्यासका माध्यमद्वारा प्रशिक्षण दिए।

एशोएिसन अध्यक्ष राजन गोंगजुले अग्नि नियन्त्रक उपकरण संचालन तरिका कतिपयलाई थाना नभएकोले प्रशिक्षण आवश्यक भएको बताए।

एशोसिएसनले आफ्ना सदस्यलाई ७५ केजीको अग्नि नियन्त्रण सिलिण्डर समेत वितरण गरेको सचिव जीवन क्षेत्रीले जानकारी दिए।

अग्नि नियन्त्रण सिलिण्डरको कारोबार गर्दै आएका राजेन्द्रप्रसाद वाग्लेले पेट्रोल पम्प र व्यावसायिक प्रतिष्ठानमात्र नभई घरहरुमा आगलागीबाट हुने जोखिम न्यूनीकरणमा सानो परिमाणको सिलिण्डर र फायर बल राख्न सकिने सुझाव दिए।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width