ज्येष्ठ नागरिक र बालबालिकासँग पौडेलको जन्मदिन

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
jitendra pic 1_Fotor

पोखरा युवा व्यवसायी जितेन्द्र पौडेलले आफ्नो जन्मदिन असहाय ज्येष्ठ नागरिक र बालबालिकासँग मनाएका छन्।

पौडेलले बुधबार ३८ औं जन्मदिन पारेर पोखरा २६, सहेलापाखाको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम पुगेर ज्येष्ठ नागरिकलाई सहयोग गरेका छन्।

उनले आश्रमका ९ जना ज्येष्ठ नागरिकका लागि ओढ्ने न्यानो कपडा कम्मल, हात पुछ्ने गम्छा र खाजा सामग्री हस्तान्तरण गरेका थिए। जाडोमा न्यानो कपडा पाएपछि वृद्धवृद्वाले खुसी व्यक्त गर्दै पौडेललाई जन्मदिनको शुभकामना र आशीर्वाद दिएका थिए।

यस्तै उनले पोखरा ११ रानीपौवामा रहेको सत्यसाई बाल आश्रमलाई समेत खाद्यन्न सामग्री हस्तान्तरण गरेका छन्। पौडेल बाल आश्रम पुगि बच्चाहरुसँग जन्मदिनको केक समेत काटेर रमाइलो साटासाट गरेका थिए। बाल आश्रममा ९ जना बालकले आश्रय लिँदै आएका छन्।

जन्मदिनमा महँगा होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गरी फजुल खर्च गर्ने संस्कार बिस्तार भइरहेका बेला पौडेलले भने समाजमा रहेका असहाय नगरिकलाई सहयोग गरी जन्मदिन मनाएर उदाहरण प्रस्तुत गरेका छन्।

उनले बालआश्रम र वृद्वाश्रममा आश्रितको आँखा उपचारमा सहयोग गर्ने घोषणा गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width