रुखबाट लडेर मृत्यु

रासस
कार्तिक १७, २०७६
Rudraksha-tree_2743

जाजरकोट, १७ कात्तिक । नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।

शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width