यातायात सम्बन्धी विधेयक प्रमाणिकरण

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
photo

पोखरा, १ कात्तिक । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणिकरण गरेका छन् ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित गरेपछि सोही दिन गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको अन्य प्रति मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभाको सचिवालय र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width