कास्की २ उपनिर्वाचन तयारी

७१, ८७१ मतदाता, उम्मेदवार टुंगिँदै

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
vote

Elections

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका कास्की क्षेत्र २ मा १ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। २ वर्षअघि भएको प्रदेश र प्रतिनिधिसभा चुनावपछि हालसम्म १ हजार २ सय २० नयाँ मतदाता थपिएका हुन्।

अघिल्लो पटक ७० हजार ६ सय ५१ जना मतदाता रहेको यो क्षेत्रमा त्यो संख्या बढेर अहिले ७१ हजार ८ सय ७१ पुगेको छ। आउँदो चुनावका लागि ६ सय १३ पुरुष र ६ सय ७ जना महिला मतदाता थपिएको हो। कास्की २ मा ३३ हजार १ सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला तथा १ जना तेश्रो लिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ। यो पटकको चुनावमा मतदानस्थल र मतदान केन्द्र भने साविक अनुसार नै तोकिएको छ। ३२ मतदान स्थल र ८२ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्रमा सांसद रिक्त छ। कास्की सहित गण्डकीको बागलुङको निर्वाचन क्षेत्र २ प्रदेशसभा (ख) मा पनि चुनाव हुँदैछ। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सांसद टेकबहादुर घर्तीको जण्डिसका कारण निधन भएपछि ८ महिनादेखि यो क्षेत्र पनि रिक्त हो।

यस्तै, गण्डकी प्रदेशअन्तर्गत ३ स्थानीय तहको वडाहरुमा पनि उपनिर्वाचन हुनेछ। नवलपुरको बौदीकाली ५ का वडाध्यक्ष दलबहादुर मगरको निधन भएको छ भने लमजुङस्थित सुन्दरबजार नगरपालिका २ का वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए। यस्तै, बागलुङकै बडिगाड गाउँपालिका २ का वडाध्यक्ष विष्णु भुषाल पनि जिल्ला समन्वय समिति बागलुङको उपप्रमुखमा निर्वाचित भए। मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५ ठाउँमा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले हालसम्म मतदाताको अन्तिम टुंगो लाग्नुको साथै मतदानस्थलको प्रारम्भिक अवलोकन भएको र निर्वाचन तालिका आइसकेपछि निर्वाचन अधिकृतको कार्यालय तोकिने जानकारी दिए।

यसअघिको चुनावमा कास्की २ मा नेकपाका साझा उम्मेदवार रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। यो क्षेत्रमा तत्कालीन विवेकशील साझा पार्टी तेश्रो भएको थियो। विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए। समानुपातिकतर्फ यो मतान्तर कम छ। नेकपातर्फ तत्कालीन एमालेले १३ हजार ४ सय ६७ मत थियो भने काँग्रेसले १० हजार ६ सय १३ र तत्कालीन माओवादीले २ सय ७ सय ५२ मत पाएको थियो। तत्कालीन समयमा प्रत्यक्षतर्फ १३ उम्मेदवार रहेकोमा समानुपातिकतर्फ २० वटा राजनीतिक दल सहभागी थिए।

कास्की २ नेकपाको पकड क्षेत्र हो। यद्यपि प्रदेशसभाअन्तर्गत क्षेत्र २ (क) मा नेकपा र (ख) मा नेपाली काँग्रेस विजयी भएको हो। ७० हजार ६ सय ५१ मतदातामध्ये अघिल्लो चुनावमा ४९ हजार ९ सय मत खसेको थियो।

निर्वाचन आयोगले आगामी चुनावको तयारी थालिसकेको जनाएको छ। राजनीतिक दलले पनि आफ्ना उम्मेदवार टुंग्याउने तयारीमा लागेका छन्। नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवार टुंग्याउन आन्तरिक तयारी गरिरहेको छ भने काँग्रेसले पनि उम्मेदवारको नामावली संकलन गरिरहेको छ। यस्तै, समाजवादी पार्टी, विवेकशील साझा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा सहित सबै राजनीतिक पार्टीहरु आन्तरिक तयारीमा छन्। कास्की २ मा पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडा पर्दछन्।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width