गण्डकी विश्वविद्यालय व्यवस्थापन र सञ्चालन विधेयक प्रमाणिकरण

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
Gandaki_Pardesh_20191014184823-e1571100755651

पोखरा, २८ असोज । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन् ।

विधेयकलाई असोज ८ गते बसेको प्रदेश सभाको बैठकले पारित गरेको थियो । पारित भएको विधेयकलाई असोज १४ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका थिए ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत सुरण प्रसाद शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक प्रति पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

      आदर्श समाज सम्वाददाता श्रावण ३, २०७८
      पोखरा  । पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले यस…
    • अनलाइन चलाउन ३८ लाख

      आदर्श समाज सम्वाददाता श्रावण २, २०७८
      परासी । कोरोना महामारीका कारण वैकल्पिक विविध अनलाइबाट कक्षा सञ्चालनमा सहयोग पु¥याउन रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयलाई ३८ लाख रुपैयाँ उपलब्ध गराएको…
    • जनप्रियका विद्यार्थी नेपालमै उत्कृष्ट

      आदर्श समाज सम्वाददाता असार ३०, २०७८
      पोखरा  ।  जनप्रिय बहुमुखी क्याम्पस, पोखराका विद्यार्थीले नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । बिबिए संकायका २ विद्यार्थी नेपालभर…
    • नयाँ किताब पाए, जवाफ पाएनन्

      सविन लामिछाने असार २२, २०७८
      दमौली । व्यास ६ वादीका रमेश कुँवर कक्षा ५ उत्तीर्ण गरी ६ मा भर्ना हुन गए । कुँवंरले झोलाभरि नयाँ…
    • गण्डकी विश्वविद्यालयको १० वर्षे कार्ययोजना तयार

      आदर्श समाज सम्वाददाता असार १६, २०७८
      पोखरा । गण्डकी विश्वविद्यालयले सन् २०३० सम्मको लागि रणनीतिक कार्ययोजना तयार पारेको छ । विश्वविद्यालयको १० वर्षे कार्ययोजना डा. सूर्यबहादुर जिसीको…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads