पोखराको खेलकुदमा मेघा इभेन्ट अन्तराष्ट्रिय क्रस कन्ट्री दौड

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
Cross Country Pressmeet_Fotor

पोखरामा पहिलो पटक अन्तराष्ट्रियस्तरको क्रसकन्ट्री दौड हुने आयोजना गरिँदैछ। पोखरामा पर्यटक भित्राउने उद्देश्यले असोज २९ मा अन्तरार्रिष्ट्रय क्रस कन्ट्री दौड आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। ‘पोखराको खेलकुद विकासमा यो मेघा इभेन्ट हुनेछ, जसले पोखरालाई नयाँ आयाम थपिदिनेछ, ’ प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले बताए।

‘लभ फर रन’ नारा दिइएको पोखरा इन्टरनेशनल क्रस कन्ट्री रेस–२०१९ को आयोजक पोखरा उद्योग वाणिज्य संघ र चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसिएसन (केएमइए) रहनेछ। क्रस कन्ट्री दौडमा चीनको कुन्मिङबाट ४० जना धावकसहित अफिसियल र पत्रकार गरी ६० जना पोखरा आउने पक्का भइसकेको संयोजक पालिखेले जानकारी दिए।

विदेशीसहित नेपालबाट तीन विभागीय क्लब र अन्य स्थानीय क्लबका गरी ३० समूहको पनि दौडमा सहभागिता रहनेछ। दौडका लागि व्यक्तिगत रुपमा समेत सहभागिता जनाउन पाइनेछ। ४२ दशमलव २ किमी दुरीको दौडमध्ये २२ किमी दौड, १९९ किमी साइक्लिङ र १ दशमलव २ किमी बोटिङ हुनेछ। पोखरा उपत्यकाको मट्टीखान र पुम्दीभुम्दीको १३ सय मिटरको उचाइसम्म धावक दौडनेछन्।

क्रस कन्ट्री दौडका लागि चीनको जिआओजी माउन्टेनियरिङ रेस’ को जस्तै रुट तयार गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङले बताए। गुरुङले भने, ‘पोखरामा हुने क्रस कन्ट्री दौडका लागि ४२.२ को दुरी निश्चित गरिसकेका छौं। ’ पोखराको बाराहीघाटबाट क्रस कन्ट्री दौड शुरु हुनेछ। त्यसपछि, राष्ट्रबैकचोक, ड्यासमइड, डेभिसफल, तिब्बेतियन क्याम्प, फुसेर्खोला, कमेरा, राम्दी, मट्टीखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरीखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतिराजचोक, स्वाँरा, लुकुमस्वाँरा, तल्लागाउँ (गौरी प्रावि), ढुङ्गेपानी, शान्तिस्तुपा पार्किङ, स्तुपा, अनदुडाँडा, लिचिबोट हुँदै फेवातालमा बोटिङ गरेर बाराहीघाटसम्मको लागि क्रस कन्ट्री दौडका लागि रुट तय गरिएको छ।

‘क्रस कन्ट्री दौडका लागि तय गरिएको रुट सम्पन्न गर्न करिब ५ घन्टासम्म लाग्न सक्ने अनुमान गरिएको छ, ’ कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए।

दौडमा विजयी प्रथम, द्वितीय र तृतीय हुने टिमका नेपाली खेलाडीले चीनको कुनमिङ हुने शहरमा आयोजना हुने ‘जिआओजी’ माउण्टेनियरिङ रेस’मा सहभागिता जनाउन पाउनेछ। आगामी नोभेम्बर महिनामा उक्त जिआओजी माउन्टेनियरिङ रेस हँुदैछ, जुन रेस नियमित रुपमा हुँदै आएको छ।

गण्डकी प्रदेश सांसद दीपक कोइरालाले यसप्रकारको प्रतियोगिताले प्रदेशमा खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए। गण्डकी प्रदेश अर्थ एवं विकास समिति सभापति समेत रहेका कोइरालाले प्रतियोगितालाई प्रदेश सरकारकै इभेन्टका रुपमा अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए। कोइरालाले भने, ‘यस्तो नयाँ इभेन्टका रुपमा आएको छ, देशको आर्थिक गतिविधि, मौलिकता, राष्ट्रिय सन्दर्भलगायत सबै कुराको विकासमा यसले योगदान दिने छ। ’

सहभागी नेपाली खेलाडीको पोखरा बसाइँ खर्च पश्चिमाञ्चल होटल संघले गर्ने भएको आयोजक तथा संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। ‘हामी खेलकुद पर्यटनमार्फत पर्यटकको बसाइँ लम्व्याउन चाहन्छौं, ’ अध्यक्ष तुलाचनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै पर्यटकको बसाइँ धेरै दिन नहुनु हो। पोखरामा पर्यर्टकको संख्या बढे पनि उनीहरुको बसाइँ छोटो भएकाले यहाँको अकुपेन्सी कम छ।’

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width