बगैँचा टोल विकासद्वारा लाममुट्टेको खोज र नष्ट

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
dadgu photo

पोखरा,८ असोज । पोखरा–६ मा अवस्थित बगैँचा टोल विकास संस्थाले प्रकोपको रुपमा फैलिएको डेँगु रोग फैलाउने लामखुट्टेको खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

संस्थाले बगैँचा मार्गका विभिन्न घर तथा सडकहरुमा लामखुट्टेको बासस्थानहरुको खोजी गरी नष्ट गरेको थियो । त्यसैगरी घरहरुमा रहेका लामखुट्ेको बासस्थान,टायरहरु, ड्रम तथा खुला राखिएको पानीका भाँडाहरुमा सरसफाई गरिएको संस्थाका अध्यक्ष मिना ढकालले बताइन् ।

डेँगुको बासस्थान खोजी गरेर नष्ट गर्ने अभियानमा महानगरका नर्सिङ अधिकृत कविता बराल, स्वास्थ्य स्वयमसेवीका चन्द्रकला घिमिरे पहारी र ज्योति पहारी, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रत्येक शनिबार टोलको सफाई अभियान संचालन गरेको संस्थाले डेँगु विरुद्ध नियमित रुपमा पर्चा वितरण, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको संस्थाका सचिव रेणु लामिछानेले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width