महिला फुटबल टोली पोखरामा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Nepali Womens Football Toli_Fotor

नेपालको महिला राष्ट्रिय फुटबल टोली मंगलबार पोखरा आइपुगेका छन्। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेमको तयारीका लागि प्रशिक्षण लिन राष्ट्रिय महिला फुटबल टोली पोखरामा आइ पुगेको हो। नेपाली टिमले अब सागसम्मै पोखरामा रहेर तयारी गर्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागको तयारीमा रहेको महिला टिमको तयारी पोखरामा गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक हरि खड्काले नेपालले अबको अन्तिम तयारी पोखरामा रहेर गर्ने बताएका छन्। साग मंसिर १५ बाट २४ गतेसम्म पोखरा र काठमाडौंमा आयोजना हुँदैछ। महिला फुटबल पोखरा रंगशालामा हुने खेल तालिकामा उल्लेख छ।

नेपाली टिमले पोखरामा आर्मी क्लबको मैदान र सहारा एकेडेमीको मैदानमा रहेर तयारी गर्नेछन्। सागको तयारीमा रहेको महिला टिम किर्गीस्तानमा भएको नादेझ्दा कपमा उपविजेता भएको थियो। नेपाल फाइनल खेलमा उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित बनेको थियो।

नेपालले आयोजक कीर्गिस्तानलाई ८–२ को फराकिलो गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित बनेको थियो। लिग चरणको अन्तिम खेलमा नेपालल ताजकिस्तानमाथि १–० गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगिताभर ७ गोल गरेकी नेपाली सावित्रा भण्डारी ‘साम्बा’ टप स्कोरर बनिन्। यसै प्रतियोगिताबाट सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको अन्तराष्ट्रिय कीर्तिमानी बराबरी गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा पौडी प्रतियोगिता

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग