बाजुरा, ७ असोज । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताए ।
सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उनको भनाइ छ । स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका अहेव कमल कट्टेलले बताए ।
मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँदा त्रास बढिरहेको छ । भाइरलले स्थानीयवासीको घारायसी कामदेखि खेतीपाती भित्र्याउनसम्म समस्या भएको छ भने बालबालिका विद्यालय जान नसकेका स्थानीयवासीले बताएका छन् । बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खनाखान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
भाइरल ज्वरो र टाउको दुखाइले बालबालिका विद्यालय जान नसक्दा घरमै थला परेका कारण विद्यालयसमेत बन्द गर्नुपरेकोे हिमचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र चन्दले जानकारी दिए । विद्यालयमा १३२ सम्म बालबालिका पढ्न आउने गरेका तर अहिले १५ देखि २० सम्म पनि मुस्किलले आउने गर्दा विद्यालय बन्द हुने अवस्था आएको प्रधानाध्यापक चन्दको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१