नातीलाई बचाउँदा हजुरबाको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
rapti

नवलपरासी ३१ भदौ । विद्यालयबाट फर्कदै गरेका नातीलाई बचाउन खोज्दै बिनयी खोलाले वगाएर ७० वर्षीय लालबहादुर रासकोटीको मृत्यु भएको छ ।

नवलपरासीको बिनयी गाउँपालिका–४ सर्दी स्थित विनयी खोलाले ८ वर्षीय नाती नवीनलाई वगाएपछि नातीको उद्धार गर्ने क्रममा सोमबार साँझ ५.३० बजे खोलाले बगाएर लालबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नाती नवीन रासकोटी भने सकुशल छन् ।

बिनयी गाउँपालिका–४ सर्दी निवासी लालबहादुरको शव खोलाले बगाएको स्थानभन्दा केही तल दुम्कीबास नजिकै फेला वपरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width