अमेरिकामा युएसनेपाल पोष्टको शुभराम्भ

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
us post

अमेरिका, २९ भदौ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले अमेरिकाको टेक्ससबाट संचालित युएस नेपाल पोष्ट डिजिटल पत्रिकाको शुभराम्भ गरेका छन् ।

अमेरिकामा रहेका रिजालले युएसनेपाल पोष्टको शुभराम्भ गदै डिजिल पत्रिकाले अमेरिकाकामा रहेका नेपाली समुदायको आवाज बुलन्द गर्न सक्षम होस भन्दै समाचारमुलक वेवसाइटको निरन्तरताको कामना गरे ।

प्रवासमा संचालनमा आएको यो भिडियालाई निरन्तरताका लागी स्थानीय समाजहरुले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । विज्ञापनका सामाचारमुलक वेवसाइटको मुटु भएकाले यसका लागी सहयोग आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले वेभसाइटले एनआरएनको गतिविधिलाई प्राथमिकता दिइन गलत क्रियाकलापलाई खबरदारी र सही कामलाई पनि सम्मान गर्न आग्रह गरे ।

कार्यक्रममा टेक्ससका युवा व्यवसायी हरिबोल भन्डारीले संचालनमा ल्याएको युएसनेपाल पोष्टलाई नेपाली समुदायले आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले नेपाली समुदायका विषयलाई उठान गर्न युएसनेपाल पोष्ट सफल होस भन्ने शुभकामना व्यक्त गरे ।कार्यक्रममा पत्रकार सञ्जय घिमिरे, लेखनाथ गौतम र युएस नेपाल पोष्टका प्रधानसम्पादक शिव शर्माले पनि मन्तव्य राखेका थिए ।

अमेरिकाको टेक्ससबाट संचालित यो डिजिटल पत्रिकाले अमेरिकाका नेपाली समुदायका गतिविधिलाई पहिलो प्राथमिकता दिने वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width