‘रातो टीका निधारमा’ शीर्षगीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
Rato Tika Nidharma_Fotor

नेपाली फिल्म ‘रातो टीका निधारमा’ को शीर्षगीत सार्वजनिक भएको छ।

सहदेव ढुंगानाको शब्द तथा प्रमोद खरेल र मेलिना राईले गाएको गीतको भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, अंकित शर्मा, बुद्धि तामाङ, रवीन्द्रकुमार झा लगायतको फिचर्ड रहेको छ। शम्भुजित बास्कोटाले गीतमा संगीत संयोजन गरेका छन्।

भिडियोमा वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ। मित्रदेव गुरुङले भिडियोलाई सम्पादन गरेका छन्। दशैँ पर्वको अवसर पारेर असोज १० गतेबाट फ्राइडे रिलिज रुपमा फिल्म प्रदर्शनमा आउँदैछ। अशोक शर्माको निर्देशनमा बनेको फिल्मको कथा शर्माले स्वयं लेखेका हुन्। किरण शर्मा र कृति शर्माले फिल्मको निर्माण गरेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width