अमेरिकामा गोलीकाण्ड, ३ मृत्यु २ घाइते

रासस
भाद्र २७, २०७६
america

आल्बुक्वार्कु, २७ भदौ । अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ ।

प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ । घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width