पोखरा, २७ भदौ । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा शुक्रबार डेङ्ग्यु सम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ ।
पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहजीकरणमा प्रशिक्षण दिइएको हो । स्वास्थ्य महाशाखाकी डा.मधुमाया तिमिल्सिना र स्टाफ नर्स विमला काफ्लेले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु र शिक्षकशिक्षिकाहरु तथा कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा डेङ्ग्यु बोक्ने लामखुट्टे, यसको अण्डा, प्युपा, लार्भा र वयस्क अवस्थाको जीवनचक्र १० दिनमा पूरा हुने जानकारी दिएको थियो । यस लामखुट्टेको लार्भा पानीको सतहमा ४५ डिग्री बनाएर तैरने डा. तिमिल्सनाले बताइन् । डा .तिमिल्सिनाले सो अवसरमा प्रतयक्ष डेङ्ग्युको लार्भा र प्युपालाई फूलदानीमा राखिएको सिसामार्फत सबैलाई जानकारी दिएकी थिइन् ।
सो अवसरमा विद्यार्थीहरुलाई आफ्नो घर, छिमेक, टोल समुदायमा थोत्रा टायर, टिनका बट्टा, खुल्ला ड्रम, प्लाष्टिक सिसाका बोटल, थोरै मात्र पानी रहन सक्ने कोकका बोटलका विर्का आदिमा रहन र फैलनसक्ने भन्दै प्रशिक्षण गराइएको थियो । मल्टिमिडिया प्रोजेक्टरको माध्यमबाट श्रव्य दृश्य सामग्रीको प्रयोग गरी डेङ्ग्यु सङ्क्रमणको प्रशिक्षण गराइएको कार्यक्रममा विद्यार्थीहरुलाई सरसफाइ र घर वरपरको सम्भावित सङ्क्रमण हुन सक्ने जोखिमबारे सचेतीकरण गराइएको थियो ।
ती भाँडा र बोटलहरुमा पानी जम्न दिन नहुने, सफा पानी भाँडाहरुमा लामो समय राख्न नहुने , घाम नलाग्ने ठाउँमा राखिएका पानीका भाँडाहरुमा यस्तो लामखुट्टेले फुल पार्ने हुँदा सचेत हुनुपर्ने जानकारी विद्यार्थीहरुलाई दिइएको थियो । ‘हामीले यस्ता सचेतनाका कार्यक्रमहरुलाई महानगरभित्र तीव्र्र रुपमा अघि बढाएका छौँ ।’डा. मधुमायाले भनिन् । सचेत भइएन भने जोखिममा परिन सक्छ । उनको तर्क थियो । पोखरा भित्रमात्र १२ सय भन्दा बढी बिरामीमा डेङ्ग्यु सङ्क्रमणका बिरामी भेटिएको उनले जानकारी दिइन् ।
पोखरा महानगरभित्रका २३ वटा कलेज र सरकारी विद्यालयहरुमा प्रशिक्षण र सचेतीकरण गरिएको जानकारी दिँदै डा. तिमिल्सिनाले आफूहरुले प्रशिक्षण दिएको पहिलो निजी विद्यालय पिसजोन एकेडेमी भएको बताइन् । सो अवसरमा विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहयोगमा विद्यालयभित्र प्रशिक्षण तथा जानकारीमूलक श्रव्यदृश्य सामग्रीमार्फत् सचेतीकरण गराएकामा धन्यवाद व्यक्त गरे । विद्यालयलाई आगामी दिनमा पनि यस्ता कार्यक्रम, स्वास्थ्यका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण निरन्तर गरिराख्न उनले आग्रह गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१