हाजिर जवाफमा मनकामना वोर्डिङ विजयी

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७६
Meyar Cap

लमजुङ, २६ भदौ । लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित दाश्रो मेयरकप डिजिटल हाजिर जवाफ प्रतियोगिता गरिएको छ । बेसीशहर नगरपालिकाका मेयर गुमानसिँह अर्यालले प्रतियोगिताको उदघाटन गरेका हुन् ।

उनले विद्यार्थीको सिकाई उपलव्धिका लागि पढाईसँगै अतिरिक्त क्रियालकलापलाई पनि प्रथामिकता दिनुपर्ने वताए । उनले विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरेका थिए । रोट्रयाक्ट क्लव अफ लमजुङले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा मनकामना बोर्डिङ स्कुल भकुण्ड पहिलो भएको छ ।
प्रतियोगितामा लोकराज आर्दश मावि चिति दोश्रो, जनकल्याण मावि उदीपुर तेस्रो र अर्थली प्याराडाइज वोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको क्लवका सचिव सन्दीप गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा बेसीशहर नगरपालिका भित्रका १६ माध्यामिक विद्यालयहरूले भाग लिएका थिए ।
प्र

तियोगितामा प्रथम हुने विद्यालयललाई मेयर कप सहित १० हजार रुपैया, दोश्रो हुनेलाई ८ हजार, तेश्रोे हुनेलाई ५ हजार र सान्त्वना स्थान हासिल गर्ने समूहलाई दुई हजार पाँचसय वरावरको पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरीएको रोट्रयाक्ट क्लब अफ लमजुङकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् ।

क्लबका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको थियो । उनले क्लबले अघिल्ला वर्षझै श्रव्यदृष्य सहित आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको हो । विगतका वर्षहरूमा अन्तराष्ट्रिय बाल दिवसको अवसरमा डिजिटल हाजिर जवाफ प्रतियोगिता गर्दै आएको क्लवले अघिल्लो वर्षबाटमात्रै बेसीशहर नगरपालिकासँग समन्वय गरी मेयरकप प्रतयोगिता शुरु गरेको बताइन् ।

कार्यक्रममा बेसीशहर ८ का वडाअध्यक्ष पवित्रा थापाराना, सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनार लगायतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्दीप गुरुङले र प्रतियोगिताको सहजिकरण रोट्रयाक्ट क्लव अफ लमजुङका पूर्वअध्यक्ष रेशम घिमिरे र केदार बोहोराले गरेका थिए ।

शिक्षा, स्वास्थ्य र अन्य वातावरण सरसफाई क्षेत्रमा स्वयंसेवी काम गर्दै आएको क्लबले विद्यार्थीहरूलाई प्रविधि मैत्री बनाउन नयाँ शैलीमा डिजिटल हाजिरजवाफ प्रतियोगिताको अवधारणा ल्याएको क्लबले जनाएको छ । क्लबले अघिल्ला वर्षहरूमा आयोजना गरेको डिजिटल हाजिरजवाफ प्रतियोगितामा पनि बेसीशहर अन्तर्गतका विद्यालयहरूको उल्लेख्य सहभागिता रहदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width