पाल्पा २३, भाद्र । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने मूल नाराका साथ स्थापित पाल्पाको मैत्री क्लवले ४० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । तानसेन टक्सारमा रहेको क्लवले शनिबार वार्षिकोत्सवको अवसरमा क्लवमा आवद्ध भई ६० वर्ष पुगेका जेष्ठ नागरिक सदस्य सम्मान, क्लबका सदस्यहरूका एसईई. परीक्षा उत्तीर्ण सन्तती सम्मान, वर्ष २०७६-०७८ का नयाँ पदाधिकारीहरूलाई पद हस्तान्तरण र वर्ष २०७४-२०७६ मा विभिन्न उपसमितिमा संयोजक रही कार्यक्रम सम्पन्न गर्ने सदस्य सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वर्ष २०७४-०७६ का सचिव अमुर्न शाक्यले आ.व.२०७५/०७६ मा सम्पादित कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबले पाल्पा सिविआरमा जिन्सी सामान सहयोग तथा दन्त शिविर सञ्चालन, बौद्ध धार्मिक परम्परा अनुसार यल पञ्चदान र जुग पञ्चदान, युनाइटेड मिशन अस्पतालमा ६० जना विरामीहरूलाई फलफूल वितरण, ३८ औं सामाजिक सेवा दिवसको अवसरमा पाल्पाका १४ वटा विद्यालयको सहभागितामा अन्तर मा.वि.स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको क्लबका सचिव शाक्यले प्रतिवेदन मार्फत जानकारी गराए । यस्तैगरी पर्यटकीय स्थल घान्दु्रकमा अवलोकन भ्रमण, श्रद्धाञ्जली कार्यक्रम, वडास्तरीय युवा लक्षित लागुपदार्थ दुव्र्यसन तथा ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम, बुद्ध मूर्ति तोडफोडको घट्नाप्रति विरोध सभा र विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागिता जनाएको प्रतिवेदनमार्फत सचिव शाक्यले जानकारी दिए । यस्तैगरी सोही समारोहमा कोषाध्यक्ष प्रदीपकाजी शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच कार्यक्रममा क्लवको वर्ष २०७६–०७८ का पदाधिकारीहरूको घोषणा निर्वाचन अधिकृत चित्रवलीराम सुवालले गरे । क्लबको नव निर्वाचित समितिको अध्यक्षमा सन्ध्या बज्राचार्य, प्रथम उपाध्यक्ष धिरेन्द्रलाल शाक्य, द्वितीय उपाध्यक्ष अर्मुनलाल शाक्य, सचिव मनिता शाक्य, सहसचिव अनिता बज्राचार्य र कोषाध्यक्षमा पञ्च शाक्य निर्विरोध निर्वाचित भएका छन् । यसैगरी कार्य समिति सदस्यहरूमा सपना बज्राचार्य, विनु शाक्य, सुरेश श्रेष्ठ, दीपेन्द्रप्रसाद बज्राचार्य, प्रदीपकाजी शाक्य, सुस्मा महर्जन निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुवालले जानकारी दिए । क्लबका वर्ष २०७४-२०७४ का अध्यक्ष वेशन्तर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत धिरेन्द्रलाल शाक्यले गरेका थिए ।
पदस्थापन पछिको कार्यक्रममा निर्वाचन समितका संयोजक चित्रवलीराम सुवाल, क्लवका सम्मानित जेष्ठ नागरिकका तर्फबाट उत्पल बज्राचार्य, संस्थापक अध्यक्ष त्रिरत्नलाल शाक्य, पत्रकार सेनानी एवम् सल्लाहकार मेघराज शर्मा, बौद्ध महिला संघकी सुमना शाक्य, वडा नं. ३ का वडा अध्यक्ष महेशलाल शाक्य, पूर्व अध्यक्ष बुद्धरत्न शाक्य, संरक्षक देवप्रसाद बज्राचार्यले संस्थाले लामो इतिहाससहित विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकोले संस्थाको गरिमालाई बचाउँदै थप क्रियाशील बनाउन नव निर्वाचित समितिलाई शुभकामनासहित सुझाव दिए । पदस्थापनपछिको कार्यक्रम नव निर्वाचित अध्यक्ष सन्ध्या बज्राचार्यको अध्यक्षता र मनिता शाक्यको सञ्चालनमा चलेको थियो ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१