एक वर्षमा भित्र गण्डकी प्रदेशका प्रत्येक घरमा पानीका धारा

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
69739739_624947001246182_655516965485412352_n

पोखरा२०, भदौं । राजनीतिक पार्टी र सरकारप्रति आम नागरिकको विश्वास गुम्दैगएको अवस्थामा गण्डकी प्रदेशका एक मन्त्रीले भने एक वर्षभित्र गण्डकी प्रदेशका सवै घरमा पानीको धारा जडान गर्ने  दावी  गरेका  छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखरा– २२ मा रहेको पुम्दीभुम्दी खानेपानी तथा सरसफाइ आयोजनाको नवौं साधारण सभाको उद्घाटन गर्दै यस्तो आश्वासन दिएका हुन् । प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले नै दुई वर्ष भित्र प्रदेशमा आधारभूत खानेपानीको व्यबस्था मिलाउने निर्णय गरेको स्मरण गराउदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले त्यसलाई कायान्वयन गर्न सरकार लागेको भनाई उनको छ ।

कृषि फार्ममा युवा आकर्षण गरी कृषिमा अनुदान दिने र विदेशमा भएका युवालाई स्वदेशमा फर्काएर आफ्ना गाउँठाउँमा उत्पादन गर्ने तर्फ प्रोत्साहन गर्ने रणनीतिक योजना बनाउदै गरेको उनले दावी छ । रोजगारको लागि विदेशीएका नेपालीको परिवारमा ठूलो समस्या भएको छोराछोरीले बाबुआमा नै नचिन्ने सम्मको समस्या रहेको मन्त्री बस्नेले उल्लेख गरे ।

पुम्दीभुम्दीको सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारले दिने मन्त्री बस्नेतले बताए । उनले भने “ प्रदेश सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा नमूना सडक निर्माण गर्ने योजना बनाएको छ, ,यस क्षेत्रको लागि हामीले सडकमा लगानी गछौं, अब पुम्दीभुम्दी वासिले सडकको चिन्त्ता लिनु पर्दैन्। ” विकासको मोडेल यस्तो हुन्छ भनेर देखाउने गरी गुणस्तरीय सडक निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको मन्त्री वस्नेतले आश्वासन दिन भने छाडेनन् ।

केही निर्वाचन क्षेत्रमा नमूना सडक निर्माणको लागि हाल टेण्डर प्रक्रियामा अघि बढेको उनले जनाए । रणनीतिक महत्व राख्ने बाटोहरु छनौट गर्न थालेको बताउदै मन्त्री बस्नेतले अब मन्त्री र सांसदहरुलाई यो बाटोमा बजेट पार्दिनुहोस भन्दै मन्त्रालय धाउन नपर्ने अवसथा हुन्छ उनको आश्जवासन थियो ।

गण्डकी प्रदेशमा सांसद रामजी बराल (जीवन) ले पुम्दीभुम्दीमा बाँकी रहेका घरधुरीमा एक घर एक धारा सहितको सुद्धपिउने पानी उपलब्ध गराउन सवैको साथ सहयोग आवश्यक भएको बताए । फरक प्रशंगमा सांसद जीवनले कुनै कार्यक्रममा वोल्न पाए भन्दैमा आफुले जानेजति सवै कुरा राख्न खोज्नु उचित नहुने जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष मित्रलाल बरालले वडाको विकासको लागि अब आफू महानगर र प्रदेश सरकारसमक्ष केही दिन धाउने बताए । नेकपा पोखरा–२२ का अध्यक्ष चण्डीकाप्रसाद बरालले हाल जडान भएका धारामा करिब ९५ प्रतिशत उपभोक्ता सन्तुष्टि भएको दाबी गरे ।

कागेंस पोखरा २२ का सभापति देउकाजी गुरुङले तिलाहार तारेभीर सडक निर्माणमा जनै लगाउनेहरुले नै अबरोध गरेको आरोप लगाए । ठूलढुंगा खानेपानी योजनाका अध्यक्ष गोपीनाथ बरालले मानवको लागि पानी अनिवार्य पहिलो आवश्यकता भएकोले सरकारले जनतालाई पानी तत्काल उपलब्ध गराउनु पर्ने माग राखे । शुक्रराज माविका अध्यक्ष नरहरि बरालले पुम्दी भुम्दीमा खानेपानीको अभियान्ता नन्दकली बरालकोे राम्रोसंग श्रद्धा गर्नुपर्नेमा जोड दिए । बिद्यालयका प्राचार्य नरनाथ बरालले पुम्दी भुम्दीका बिद्यालयहरुमा बिद्यार्थीको सङख्या घट्दै जादा बचाउन कठिन हुन थालेको गुनासो गरे ।

पानीको साथमा सरसफाइमा समेत उत्तिकै ध्यान दिनुपर्नेमा उनले जोड दिए । कालाभाङ घरेडी होमस्टेका अध्यक्ष प्रकाश गुरुङले हाल धारामा जस्तो पानी आएको छ त्यसै पानी पिउन आफुहरु बाध्य भएको गुनासो गरे । समाजसेवी बुद्धिमाया गुरुङले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्वको धर्म र मर्म हराउदै गएकोमा चिन्त्ता व्यक्त गरिन्। संस्थाका उपाध्यक्ष झलक बरालले ठूलढुंगा खानेपानी परियोजनामा ठूलो बजेट (करिब दुई करोड ) आवश्यक पर्ने बताए । संस्थाका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच, पुम्दी भुम्दीमा एक घर एक धारा जडान अभियानमा सुरु देखि हालसम्म महत्वपूर्ण सहयोग पुराएको भन्दै प्राविधिक खडानन्द बराल र इन्जिनियर शिवहरि आचार्यलाई सम्मान गरिएको सचिव नवराज बरालले बताए ।

पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी मा हालसम्म ६८ प्रतिशत एक घर एक धारा जडान कार्य सम्पन्न भएकोे छ । पोखरा २२ मा हालसम्म १ हजार ४ सय ८७ जना अर्थात ६८ प्रतिशतको घर घरमा पिउने पानीको धारा जडान गरिएको पुम्दी भुम्दी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजबहादुर गुरुङले बताए । उनका अनुसार पोखरा २२ मा ७ सय ९ अर्थात ३२ प्रतिशत घर धुरीमा पिउने पानीको धारा जडान कार्य बाँकी रहेको छ । बाकी आयोजना सफल पार्न करिब ५ करोड बजेटको आवश्यकता भएको प्राविधिक खडानन्द बरालले बताए । ०७२ सा देखि पोखरा २२ मा एक घर एक धाराको अभियान सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width